दफा ४८
बढी हुलाक टिकट लिएमा र सरकारी चिन्हमा जालसाजी गरेमा सजाय
: हुलाक अड्डाको कर्मचारीले देहायको कुनै कसूर गरेमा निजलाई बढीमा एक वर्षसम्म कैदै वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(क) जालसाजी गरी हुलाक वस्तुमा झुठ्ठा सरकारी चिन्ह लगाएमा, वा
(ख) हुलाक वस्तुमा लगाइएको सरकारी चिन्ह जालसाजी गरी हेरफेर गरेमा वा हटाएमा वा मेटेमा, वा
(ग) हुलाक वस्तु डेलिभरी गर्ने काम सुम्पिएकोमा, सो वस्तुको यो ऐन बमोजिम नलाग्ने हुलाक टिकटको कुनै रकम जानी जानी मागेमा वा प्राप्त गरेमा ।